प्राइम कमर्सियल बैंकको १८औ वार्षिकोत्सवको अवसरमा ४ सय ६३ जनाले गरे रक्तदान


काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८२ असोज ०७ गते आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरी देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ४६३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिदै, मानव जीवन रक्षाकोलागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे ।

संस्थाले आगामी दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्ता पनि व्यक्त गरे ।