ग्लोबल मनी विक – २०२४ आरम्भ,


"Protect your money, secure your 
future'  भन्ने नाराका साथ ‘ग्लोबल मनी विक –
२०२४’ आजदेखि आरम्भ भएको छ । हरेक वर्ष 
मार्च महिनामा साताव्यापी रूपमा मनाइने 
ग्लोबल मनी विकको यो बाह्रौँं संस्करण हो ।

 

उक्त अभियानको पहिलो दिन नेपाल  राष्ट्र बैंकले नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र सहकारी विभागसँगको सहकार्यमा ग्लोबल मनी विकको उद्घाटन कार्यक्रम आयोजना ग-यो ।

उक्त कार्यक्रममा काठमाडौंस्थित विभिन्न सात वटा विद्यालयका कक्षा ७ देखि १२ मा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । गभर्नर महाप्रसाद अधिकारीले उक्त कार्यक्रमको उद्घाटनगर्नुभयो । 
सो अवसरमा उहाँले वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी तुल्याउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो । वित्तीय साक्षरताको प्रवद्र्धनबाट मात्रै वित्तीय समावेशीकरण हासिल गर्न सकिने गभर्नर 
अधिकारीको भनाइ थियो । उहाँले भन्नुभयो, “राज्यका सबै तहका व्यक्तिसम्म वित्तीय सेवा नपुग्दासम्म वित्तीय समावेशीकरणको लक्ष्यमा पुग्न सकिँदैन । वित्तीय साक्षरता त्यसको एउटा अभिन्न पक्ष हो ।” ग्लोबल मनी विकको साताव्यापी अभियानलाई सफल तुल्याउनका 
निम्ति बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न उहाँलेसबैसरोकारवाला निकायलाई आग्रह गर्नुभयो । सानै उमेरदेखि नै बचतको अभ्यासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले आफ्नो सुरक्षित वित्तीय भविष्यको निम्ति जागरुक रहन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशकडा. नवराज अधिकारी, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसँगै राष्ट्र बैंक र वित्तीय क्षेत्रका अन्य नियामक निकायका उच्च अधिकारी तथा बैंकरहरूको उपस्थिति थियो । 

FB_IMG_1710858624305-1710860586.jpg
 

कार्यक्रमको दोस्रो सत्रमा नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा प्राधिकरण, सहकारी विभाग, बैंकर्स एसोसिएनका अधिकारी र विद्यार्थीहरूको सहभागितामा प्यानल छलफल भएको थियो । सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी,  बीमा प्राधिकरणका निर्देशक कमलप्रसाद रेग्मी, सहकारी विभागका उप–रजिष्ट्रार टोलराज उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले आ–आफ्ना निकायको कार्य क्षेत्र र कामकारबाहीसँग सम्बन्धित विषयमा विद्यार्थीलाई जानकारी दिनुभयो । त्यस क्रममा उहाँहरूले विद्यार्थीले राखेका जिज्ञासाको जवाफसमेत दिनुभएको थियो ।

नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका निर्देशक किरण पण्डितले प्यानल छलफलको सहजीकरण गर्नुभएको थियो । प्यानल छलफल पश्चात् कार्यक्रममा सहभागी विद्यालयका तर्फबाट विद्यार्थीहरूले वित्तीय प्रणालीसँग सम्बन्धित 
विषयमा विभिन्न प्रस्तुति दिएका थिए । 
चैत ११ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत नेपाल राष्ट्र बैंकको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग, नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड, अलगअलग रूपमा युवालक्षित वित्तीय चेतनामूलक कार्यक्रम आयोजना हुनेछन् । साथै, बैंक तथा वित्तीय 
संस्था, भुक्तानी सेवा प्रदायक, रेमिट्यान्स कम्पनीले समेत ग्लोबल मनी विकका लक्षित कार्यक्रमहरू सञ्चालन गर्नेछन्। यस अभियानअन्तर्गत बैंकिङ÷वित्तीय, पुँजी बजार, बीमा, सहकारी सेवाका विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न 
कार्यक्रम तय गरिएका छन्। जसअन्तर्गत वित्तीय 
सचेतनामूलक अन्तरक्रिया र विद्यार्थीमाझ चेतनामूलक प्रतियोगिता सञ्चालन हुनेछन् भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट चेतनामूलक कार्यक्रम, श्रब्यदृष्य सामग्री र अन्तर्वार्ताहरू प्रसारण गरिनेछन् । यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गराउने कार्यक्रमसमेत तय गरिएको छ । उक्त अभियानबाट युवा विद्यार्थीमा वित्तीय साक्षरताको प्रवद्र्धन र वित्तीय पहुँच विस्तारसँगै स्वरोजगार सिर्जना र उद्यमशीलताको विकास, उत्पादन तथा आयस्तर अभिवृद्धि भई मुलुकको आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा राखिएको छ । ‘ग्लोबल मनी विक’ मूलतः 
किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । 
Organization for Economic Cooperation and Development (OECD)  को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ । हालसम्म विश्वका १७६ भन्दा बढी  मुलकका करिब छ करोड बालबालिका, किशोर किशोरी र युवाहरू लाभान्वित भएको OCED ले जनाएको छ ।

ग्लोबल मनी विकको स्थायी नारा Learn. Save. Earn रहेको छ ।

FB_IMG_1710858615467-1710860622.jpg