काठमाडौं। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (NPABSON), काठमाडौँ जिल्ला कार्यसमितिको आयोजनामा “शुभकामना तथा दसैं मिलन कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।
उक्त कार्यक्रम २०८२ साल असोज ९ गते, इन्देणि फुडल्यान्ड, बानेश्वरमा आयोजित गरिएको थियो। कार्यक्रमको अध्यक्षता काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष श्री अमृत कुमार खड्काले गर्नुभएको थियो भने, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष श्री सुबास न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा निजी तथा आवासीय विद्यालयहरूका शिक्षक, सञ्चालक, पदाधिकारी एवं शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित अतिथिहरूले चाडपर्वहरूमा आपसी मेलमिलाप, एकता, र शिक्षा क्षेत्रको सशक्तिकरणमा केन्द्रित रहेर विचार व्यक्त गरेका थिए।