काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको ४ करोड ६५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीहरु सहित सर्वसाधारणलाई बिक्री गरेको ६० लाख कित्ता र कम्पनीका संस्थापकहरुको ४ करोड ५ लाख कित्ता शेयर आज सूचीकृत भएको हो ।
शेयर सूचीकरण भएसँगै मंगलबारदेखि एसएआरबीटीएम सिम्बोलमा कम्पनीको शेयर कारोबार हुनेछ । रु. १८५.३६ देखि रु. ५५६.०८ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ