एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट


काठमाडौं। एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट पाउनेछन्।

एनएमबि बैंकले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ।

उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गर्दा ५,००० को छुट प्राप्त गर्न सक्नेछन्।

उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया साे–रुमहरूमा उपलब्ध हुनेछ।

यो छुट चाडपर्वको समयमा मात्र लागू हुने बताइएको छ।

यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ। छुट प्राप्त गर्नका लागी ग्राहकले भुक्तानी गर्नुअघि साे–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।