आइतबार बढेको बजार मंगलबार पनि बढेरै कारोबार भएको छ।
आजको सेयरमूल्यमा हुने वृद्धिदर विश्वासमा लगानीकर्ताहरु रहेका छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढेको देखिन्छ ।
आइतबार सेयर बजार १११.७० अंकले बढेर कारोबार भएको थियो । कारोबार रकममा पनि सुधार भएको दिन अधिकांश कम्पनीको सेयर मूल्य बढेको थियो । आइतबार बढेको बजारले आज निरन्तर्ता पाउँला वा यो फेरि ओरालो लाग्ला भन्नेमा अब बजार बढ्ने लगानीकर्ताहरुको भनाइ छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५८.६३ अकंले बढेर २६८२.२५ बिन्दुमा बन्द भएको छ । आज २२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोडको कारोबार भएको छ ।
आज सबैभन्दा बढी बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ।
निर्जीवन बीमा समूहको ३.४८ प्रतिशतले बढेको छ ।
वाणिज्य बैंक समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.१२ प्रतिशतसहित १३ वटै उपसूचकमा सुधार आएको हो ।
जेनजी आन्दोलन पछि अहिले लगानीका क्षेत्र नै पुँजी बजार भएकाले बजार बढ्ने र हालसम्मकै उच्च विन्दुको नयाँ कीर्तिमान बन्ने अवस्था पनि देखिएको केही लगानीकर्ताको भनाइ छ ।