
मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशीहुनेको आजको दिनमा दाम, इनाम र प्रतिष्ठा कमाउने समय रहेको छ । स्वादिष्ट भोजन पाइनेछ । धन तथा सम्पत्ती आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि रहेको छ।
बृषः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ।
कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला।
मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज शुभकार्यको थलनीले राम्रो हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला।
सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ।
कन्याः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ।
वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला।
तुलाः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज शुभ कार्यमा सरिक हुने योग रहेकोछ । नयाँ ब्यवसायको लागी अनुकुल बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ।
धनुः (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ।
कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
मकरः (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजको दिन दाम, ईनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्ला ।
मीनः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।