काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले शपथ ग्रहण गरे पछि मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन्।
राष्ट्रपतिबाट शीतलनिवासमा मन्त्रीको शपथ ग्रहण गरेपछि आजैदेखि कृषि तथा पशुपंक्षी विकासमन्त्रालमा मदन परियारले शपथ ग्रहण गर्नुभयो। पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाइ छ।
मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए।
मल आयात भएको खबर सार्वजानिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए।