काठमाडौं। मर्चेन्ट बैंकिङ्ग एसोशिएसन नेपाल(MBAN)ले आफ्नो १६औं वार्षिक साधारण सभा मिति २०८२ आश्विन ३ गते सम्पन्न भएको छ।
पोखरामा आयोजना गर्ने भनिए पनि देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सबै सदस्यहरूको सुरक्षा र सहभागिता सुनिश्चित गर्न काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।
यहि असोज २ गते काठमाडौंको ALOFT होटलमा सफलतापूर्वक सम्पन्न भएको सभामा(MBAN)को सबै मर्चेन्ट बैंकिङ्ग संस्थाहरुका प्रतिनिधि र सदस्यहरुको उपस्थिति थियो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को (MBAN)को गतिविधि र उपलब्धिहरुको समीक्षा गर्नुका साथै २०८२/८३ को वार्षिक कार्यक्रम र बजेटलाई अनुमोदन समेत गरेको छ । (MBAN)ले नेपालको मर्चेन्ट बैंकिङ्ग व्यवसायमा व्यावसायिकता र दिगो वृद्धिलाई प्रवद्र्धन गर्ने आफ्नो प्रतिबद्धता जनाएको छ ।
नेपालको मर्चेन्ट बैंकिङ व्यवसायमा वर्तमान मुद्दा, चुनौतीहरू र भविष्यका रणनीतिक योजनाहरूबारे छलफल भएको थियो ।
सभाले एसोशिएसनको नाम तथा अन्य थप आवश्यक संशोधन गरेको छ ।
साथै कार्यक्रममा पुँजीबजारमा मर्चेन्ट बैंकहरूको भूमिकालाई सुदृढ गर्ने नीतिगत विषयहरूमा पनि छलफल गरिएको थियो ।