साताको पहिलो दिन एक सय एघार अंकले बढ्यो


काठमाडौं।आइतबार सेयर बजार परिसूचक नेप्से ४.४४ प्रतिशत (१११ अंक)ले बढेर छब्बीस सय विन्दु माथि आएको छ।

बजार बन्द हुँदा नेप्से २६२३ विन्दुमा आएको हो।

अघिल्लो कारोबार दिन बिहीबार ६ प्रतिशतसम्म घटेर समय अगावै बन्द भएको बजार आइतबार भने उच्च अंकले बढेको छ।

भदौ २३ र २४ गतेको जेन-जि प्रदर्शनपछि लगानीकर्ता अत्तालिदा सेयर बजार सूचक नप्से उच्च अंकले घटेको थियो।

तर, पछिल्लो समय सरकारले बजार सुधारको लागि कार्यदल नै बनाएपछि लगानीकर्ताको मनोविज्ञान दरिलो बन्दै गएको हो।