सामसङ्ग प्लाजाले भैंसिपाटी, ललितपुरमा नयाँ शोरुम खोलेको घोषणा


ललितपुर, Samsung Plaza, नेपालकै अग्रणी प्रिमियम इलेक्ट्रोनिक घरायसी उपकरण तथा मोबाईल फोन स्टोरले भैसेपाटी, ललितपुरमा आफ्नो पन्ध्रौं नयाँ शोरूमको औपचारिक उद्घाटन सामसङ्ग नेपालका प्रबन्ध निर्देशक इन सु किम तथा गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाद्वारा गरिएको थियोे।

नयाँ शोरूमको औपचारिक उद्घाटन २०८२ साल असोज ६ गते (२२ सेप्टेम्बर २०२५) बिहान ११:३० बजे भैसेपाटी, ललितपुरमा सम्पन्न भएको थियो।


भैसेपाटी, ललितपुरमा खुलेको नयाँ शोरूम जसले Samsung को सबै उत्पादनहरू नवीनता, गुणस्तर, र ग्राहक सन्तुष्टिलाई निरन्तर प्रदान गर्ने यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपेको छ।

Samsung Plaza भैसेपाटी र आसपासका क्षेत्रमा रहेका ग्राहकहरूलाई प्रामाणिक Samsung का उत्पादनहरू: नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरणहरू र अन्य अभिनव इलेक्ट्रोनिक उत्पादनहरूको प्रदान गर्ने उद्देश्य राखेको छ।

यस विस्तारसँगै, Samsung ले आफ्ना मूल्यवान उपभोक्ताहरूसम्म विश्वस्तरीय प्रविधि र उत्कृष्ट ग्राहक सेवाहरू अझ नजिक पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

उद्घाटन समारोहमा बोल्दै, Samsung Plaza का प्रतिनिधिले भने, “भैसेपाटीमा हाम्रो नयाँ शोरूम खोल्न पाउँदा अत्यन्त खुशी छौँ। भैसेपाटी आफ्नो जीवन्तता र विकासका लागि परिचित क्षेत्र हो। यो विस्तारले हाम्रो दृष्टिकोणलाई प्रकट गर्छ। ग्राहक पहुँच अझ सहज बनाउन र उन्नत प्रविधि प्रत्येक नेपाली घरधुरीमा पुर्‍याउन मद्दत गर्छ।”

नयाँ Samsung Plaza भ्रमण गर्ने ग्राहकहरूले विशेष अफरहरू, आधुनिक खरिद वातावरण, र तालिमप्राप्त कर्मचारीबाट विशेषज्ञ मार्गदर्शन प्राप्त गर्ने अपेक्षा राख्न सक्छ, जसले उनीहरूलाई आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सहयोग पुर्‍याउनेछ।

Samsung Plaza ले भैसेपाटी क्षेत्रका सबै महानुभावलाई, विश्वस्तरीय Samsung उत्पादनहरूको नयाँ प्रविधि सहितको खरिद अनुभव लिन निमन्त्रणा गर्दछ।