हितेन्द्रदेव शाक्यको सरुवा, प्राधिकरणको जिम्मेवारी मनोज सिलवाललाई


नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा  मनोज सिलवाललाई नियुक्त गरिएको छ।

मन्त्रिपरिषद्को बैठकले हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सरुवाको निर्णय गर्दै, प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।