सानिमा बैंकले गर्याे लाभांश घोषणा


काठमाडौं। सानिमा बैंकले लाभांश घोषणा गरेको छ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले आब २०८१/८२ को नाफाबाट शेयरधनीका लागि ७.३६८५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको कम्पनी सचिव रुद्र बञ्जाराले जनाएका छन्।

सञ्चालक समितिले गरेको निर्णय राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन्।

बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ।