आज सुन चाँदीको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार


काठमाडौं। नेपालमा आज सुन र चाँदीको मुल्य ले नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आजको दर सुन तोलामा दुई  लाख १७ हजार एकसय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजो सुनको मुल्य एक तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको एकतोलामा २० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक तोलाको २५ सय ९५ रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

हिजोको दर चाँदीको प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।