पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय


आज एक विज्ञप्ति जारी गर्दै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरिएको निमगले जनाएको छ । 

 नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 

 मूल्यघटे सँगै शनिबारदेखि काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा पर्नेछ।

 सुर्खेत र दाङ्म पेट्रोल प्रतिलिटर १७० रुपैयाँ र डिजेल १५७ रुपैयाँ पर्ने निगमले जनाएको छ ।