जेनजि घटनाक्रम, काठमाडौँमा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु


जेनजीले काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ठूलो मानवीय क्षति भएको छ।

काठमाडौँ उपत्यकामा १८ र इटरीमा २ जना गरी २० जनाको मृत्यु भएको छ।

अढाई सयभन्दा बढी घाइते भएका छन्। बानेश्वरको संसद् भवनमा प्रदर्शनकारी प्रवेश गरेका थिए।

देशभर भएको जेन जीको प्रदर्शनमा सरकारी दमनमा परेर २० जनाको ज्यान गएको छ। काठमाडौँमा मात्रै १८ जनाको ज्यान गएको छ।

जसमध्ये राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जना निधन भएको अस्पताल प्रशासनले जनाएको छ।

यीमध्ये ५ जनाको पहिचान भएको छ।

ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षीय श्रीयाम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४२ वर्षीय बुद्धि तामाङ, वर्ष नखुलेका गौरव जोशी र स्टप अधिकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो।

भ्रष्टाचार र बेथिती अनि सामाजिक सञ्जालमा अंकुश लगाउने कार्यविरुद्ध जेनजीले सरकारविरुद्ध आज प्रदर्शन गरेको थियो। तर, बानेश्वरको संसद भवन नजिक पुगेपछि प्रहरीसँग झपड भएको थियो।

जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्दै सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेहरुमाथि रबरको गोली चलाउन आदेश जारी गरेको थियो। झडपका क्रममा प्रहरीले गोली चलाएपछि प्रदर्शनले उग्र रुप लिएको थियो।