काठमाडौं । जेनजीको आन्दोलन र ठूलो मानवीय क्षतिपछि गृहमन्त्री रमेश लेखक राजीनामा दिने मुडमा पुगेका छन्। उनले आजै आफ्नो पार्टी नेपाली कांग्रेसलाई आफू पदमा नबस्ने जानकारी गराएका छन्।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा आज साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफू पदमा बस्न नमिल्ने जानकारी दिएका हुन्।
जेनजीको प्रदर्शनमा अत्यधिक दमन भएपछि आलोचना खेपिरहेका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने भएका छन्।
कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेको थियो। ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए।
‘घटनाको जिम्मेवारी लिँदै लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष बैठकले निकालेको छ, अब उहाँको राजीनामा आउँछ,’ कांग्रेसका एक पदाधिकारीले भने।