Gen Z पुस्ताकाे इच्छा, उद्देश्य र सोच बुझ्नु आजकाे आवश्यकता


स्वतस्फुर्तरुपमा बिद्राेहमा उत्रिएका Gen Z हरूको इच्छा, उद्देश्य, सोच बुझ्नु आजकाे आवश्यकता हाे ।
आखिर के हो त Gen Z ? 
Gen Z भन्नाले Generation Z भन्ने पुस्तालाई जनाइन्छ।
यो पुस्तामा प्रायः १९९७ देखि २०१२/२०१५  बीच जन्मिएका मानिसहरू पर्छन्।
Gen Z का मुख्य विशेषताहरू
1. Digital Natives
इन्टरनेट, स्मार्टफोन, र सोशल मिडियासँगै हुर्केका पुस्ता।
टेक्नोलोजी प्रयोगमा दक्ष।
2. Multitaskers
पढाई, काम र मनोरञ्जनलाई एउटै समयमा गर्ने क्षमता।
3. सामाजिक सचेतना
लैंगिक समानता, वातावरणीय संरक्षण, मानसिक स्वास्थ्य, विविधता (diversity) जस्ता मुद्दामा बढी सचेत।
4. Short Attention Span
छोटो तर छरितो जानकारी (जस्तै TikTok, Reels) रोज्ने।
5. Individualistic तर सामूहिक सोच
आफ्नै पहिचान र स्वतन्त्रतालाई महत्व दिने, तर सामूहिक अधिकार र सामाजिक न्यायमा पनि चासो राख्ने।
6. Work Preference
लचकदार काम (flexible work), remote work, balance between life & work चाहने।
समग्रमा, Gen Z भनेको आजका किशोरदेखि २० को दशकको सुरुवाती उमेरसम्मका मानिसहरूको पुस्ता हो ।
GenZ ले नेपालमा पहिलोपटक नागरिक तथा राजनीतिक अधिकार प्रयोग गर्दै स्वतस्फूर्त हस्तक्षेप गर्दैछ। लोकरिज्याँईलाई भन्दा पनि पारदर्शि र जवाफदेहि धरातल भएको नेतृत्व खोज्न र आफैँ निर्माण गर्न सक्ने यो पुस्ता निडर छ, स्पष्ट छ, स्वच्छ छ।  नझुक्ने,  नरुक्ने,  कसैको प्रलोभन र उक्साहटमा नपरि भ्रष्टहरूलाई लखेट्ने साहस बोक्दै रुढिवाद र तानाशाह विरुद्द उठ्न र  यो देशलाई जुरुक्क उठाउन लागिपर्ने सुरूवात भएकाे छ ।
अब विश्वास गर्न सकिन्छकी  सुशासन, विधि, पद्दति, जवाफदेहिता, पारदर्शिता र आर्थिक समृद्धिको पथमा Genz ले  यो देशलाई अघि बढाउनेछ ।
  • आजको बृहत शान्तिपूर्ण प्रदर्शनको लागि Genz लाई  शुभकामना र एक्यवद्दता !