
ईकोनोमिक खबर, काठमाडौं।
आगामी आर्थिक वर्षमा १ हजार मेगावाट बिजुली थप हुने भएको छ। सार्वजनिक तथा निजी लगानीमा निर्माणधिन आयोजना अर्को बर्षसम्म सम्पन्न भई विद्युत उत्पादन १ हजार थप हुने भएको हो।
आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायत रसुवागढी र सान्जेन सहित दुई दर्जन आयोजना सम्पन्न हुनेछन्। चालु आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा २८७ मेगावाट बिजुली थप हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्युत उत्पादनमा थप हुन लागेको जानकारी गरएकी हुन्।
५ वर्षमा विद्युत उत्पादन खपत बढाएर वार्षिक ७०० युनिट पुर्याइने उनले जानकारी गराइन । घरघरमा बिजुली सुविधा पुर्याइने योजना सरकारको छ।