निजी विद्यालयहरूले आज देशव्यापी विद्यालय बस र्याली


काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका छन्।

काठमाडौं उपत्यकाभित्रका विद्यालय बसहरूलाई विभिन्न चोकबाट प्रवेश गरी चक्रपथ परिक्रमा गरेका छन् ।

भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वर क्षेत्रका विद्यालय बसहरू कोटेश्वर चोकमा जम्मा भई सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गरेका छन् ।

ललितपुरका विद्यालय बसहरू सातदोबाटोबाट प्रवेश गरी एकान्तकुना हुँदै चक्रपथ घुमेका छन्, भने काठमाडौंको त्रिपुरेश्वर, टेकु, कालिमाटी र कीर्तिपुर क्षेत्रका विद्यालय बसहरू बल्खुबाट प्रवेश गरी कलंकी हुँदै चक्रपथ परिक्रमा गरेका छन् ।

त्यसैगरी, काठमाडौंको चन्द्रागिरि र थानकोट क्षेत्रका विद्यालय बसहरू कलंकी प्रवेश गरी सितापाइला हुँदै चक्रपथ घुमेका छन् ।

काठमाडौंकै वाफल, सितापाइला, स्वयम्भु क्षेत्रका बसहरू हलचोक प्रवेश गरी सानोभ-याङ हुँदै परिक्रमा गरेका छन्।

तारकेश्वर र आसपासका विद्यालय बसहरू बालाजु प्रवेश गरी सामाखुशी हुँदै घुमेका छन् ।

यस्तै, काठमाडौंको टोखा, गोंगबु, ठमेल र आसपासका विद्यालय बसहरू सामाखुशी हुँदै धापासीतर्फ प्रवेश गरेका छन्, भने बुढानिलकण्ठ, महाराजगञ्ज, पानीपोखरी, बालुवाटारलगायतका विद्यालय बसहरू नारायणगोपालचोक हुँदै चावहिलतर्फ गरेका छन् ।

काठमाडौंकै कपन, जोरपाटी, गोकर्णेश्वरलगायतका बसहरू चावहिल प्रवेश गरी गौशला हुँदै चक्रपथ परिक्रमा गरेका छन्, भने गौशला, रातोपुल, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवीलगायत क्षेत्रका विद्यालय बसहरू गौशला चोक प्रवेश गरी एयरपोर्ट, सिनामंगल हुँदै चक्रपथमा सहभागी भएका छन।