एकैदिन ३ हजार रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड,


काठमाडौं। आइतबार आज भदौ १५ गते फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ।

शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार सुनको मूल्य बढ्नेक्रमले आज पनि निरन्तरता पाएको हो।

चाँदी पनि नयाँ रेकर्डको विन्दुमा पुगेको छ ।

आज चाँदी प्रतितोला २४ सय २५ रुपैयाँ पर्दछ।