राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा मनपरि गर्ने चाकडी चाप्लुसीको हावि, संस्थागत शुसासन खोज्ने डा. पोखरेललाई मिल्काईदै


काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा कार्यरत डा. लक्ष्मण पोखरेलको सरुवाका पञ्पचमा कृषि मन्त्री रामनाथ अधिकारी सचिव डा गोबिन्द शर्मा, कार्यकारी निर्देशक फाइन्द्र पाण्डे र बोर्डमा मनपरि गर्ने बानी परेका चाकडी चाप्लुसी र चम्चागिरि गरेर कुसासन गरिरहने र बोर्डलाइ आफ्नो मुठी भित्र राखिरहने र मोजमस्ती गर्ने ठूलो गिरोह नै हात धोएर लागि परेका छन्।

अस्थायी कर्मचारीको मनपरि ढङ्गले भर्ति, बोर्डमा विभिन्न शिर्षकका विनियोजन हुने रकममा मनपरी गराउन नपाएपछि उपसचिवलाई मिल्काउन खोजिएको हो। हाल उपसचिव डा. पोखरेल स्थायिरुपमा पदपूर्ती गरिने समितिको सदस्य सचिवसमेत रहने विनियावलिमा ब्यबस्था गरिएको छ ।

अन्य कर्मचारी एस म्यान भएपनि खरो स्वभावका पोखरेलले मनपरी हुन नदिएपछि मिल्काउने ध्यान बनाइएको् हो । हाल उपसचिवलाई दिदै आएका सुविधा खोसिएको छ। गत चैतमा आएका कार्यकारी निर्देशकले फडिन्द्रराज पाण्डेले डा. पोखरेललाई बसीटिक्न दिएका छैनन।

बोर्डमा स्थायिरुपमा नियुक्ति गरिने पदपूर्ति समितीको सदस्य सचिव उपनिर्देशक ( second class officer)रहने विनियावलिमा गरिएको ब्यबस्थालाईनै चुनौती दिदै एकलौटीरुपमा हाल बोर्डमा कार्यरत एकमात्र उपसचिव डा. लक्ष्मण पोखरेललाई कुनै प्रसासनिक निर्णयमानै सहभागी नगराइ करारमा आफ्ना मान्छेहरु नियुक्ति गर्ने प्रयास असफल भएपछी कार्यकारी निर्देशक र अन्य कर्मचारीको मिलेमतोमा कार्यबिधीको ड्राफ्ट तयारी गरेर उक्त बिनियमाबलिको ड्राफ्टमा पोखरेलले हस्ताक्षर गर्न इन्कार गरेपछी संघीय संरचनामा केन्द्रिय कार्यालयमा उपसचिव (उपनिर्देशक ) पदै खाली राखेर सरुवा गर्ने अनि एकलौटी रुपमा आफ्ना आसेपासे नियुक्ति गर्ने आट सहित चिया तथा कफिबोर्डका केही कर्मचारीहरु अबिछिन्न प्रयासरत रहेको जानकारी प्राप्त भएकोछ।

उक्त अनैतिक र अपारदर्शी कृयाकलाप सफल बनाइ कार्यकारी निर्देशक पाण्डेलाई साथदिन कृषि तथा पशुपंक्षि सचिब डा. गोबिन्द शर्मा र मन्त्रालयको सिङ्गो टिमै हात धोएर लागि परेको छ।

सुसासन र पारदर्शीता नहुदा चेनअफ कमान्ड नमानी सयौ फाइलमा उपनिर्देशकलाई (उपसचिव) तहलाई नै लत्ताइरहने कुराको बैठकमा पोखरेलले बिरोध गर्न खोज्दा पोखरेललाई धम्काउने ब्ल्याकमेलगर्ने कुराले निरन्तरता पाएको छ।

हाल कार्यकारीको रुपमा कार्यरत पान्डेले पटक पटक कि मेरो यस मेन बनेर जे जेमा हस्ताक्षर गर्न भन्छु त्यही हस्ताक्षर गर उपसचिव म चिन्दिन मेरो मन्त्रालयमा फुल पावर छ बढी बोलिस भने तेरो जागिरै चैट पारिदिन्छु भनेर कर्मचारी बैठकमा धेरै पटक झपारीसके तर पोखरेल भने आफू सधै सुसानको पक्षमा रहेको विधि र तहगत शासन र निर्णय प्रक्रियाको पर्खाइमा रहेकोले जतिसुकै एक्लो बनेपनी संस्थामा तिनतहको निर्णय प्रक्रिया लागु नहुन्जेल डटेरै सामना गर्ने बताए ।

पोखरेलको घरबिदाको रकमै ननिकाल्दिदा धेरै इनर्जी घर्चिएपछीमात्र पाएकाछ्न, सुत्केरी स्याहार बिदाको नियमानुसार अनावश्यक बखेडा निकालेर कारबाहीको डण्डा पनि तेर्साएर तर्साउने पर्यास गरियो करिब एक बर्स अघि आइसिओको बैठकमा बेलायत पठाएपनि यातायात भ्रमण, भिसा खर्च बापत उनले नियमानुसार प्राप्त गर्नुपर्ने रकम कार्यकारी निर्देशकले भुक्तानी नगरिदिदा ट्राभललाई जहाजको टिकट र भिसा प्रक्रिया खर्च गरि करिब २ लाख पचास हजार रुपैया सहकारीबाट ऋण लिएर पोखरेलले बुझाउन बाध्य भएका छन।

अब केही समय पर्खिने र निर्णयमा आनाकानी भइ रकम निकासा नगरिदिए फेरि आफ्नो कार्यालयबाट नियमानुसार प्राप्त गर्नुपर्ने रकम निकासा गर्न ओकिल गुहारेर अदालत पुग्नै परे पनि पछि नहट्ने सोचमा पोखरेल छन। अब केही समय पर्खिएर हेर्ने यदि अड्डा यहि पुरानै सैलिबाट चल्ने, आर्थिक, प्रशासनिक पारदर्शीता नरही एक जना कार्यकारी र यस मेनहरुको मिलेमतोमा स्वच्छचारितालाइ निरन्तरता दिन उच्च ओहदाका शक्तिकेन्द्रहरुको साथ रहिरहे पत्रकार सम्मेलन गरि सत्यतथ्य कुरा सार्बजनिक गर्दै करिब दस बर्ष उपसचिव ( उपनिर्देशक ) स्थायिरुपमा कार्यरत पोखरेलले सेबाबाटै अलग रहने मनस्थिति निर्माण गर्नखोजेको कुरा पारिबारिक स्रोत र उनि निकट साथिभाइ र अग्रजहरुले नाम नबताउने सर्तमा बताए।

पोखरेल ब्यबथापकिय क्षेत्रमा अब्बल मानिन्छ्न। करिब पन्ध्र बर्स पहिलै उनी त्रि. बि. ब्यबस्थापन केन्द्रिय बिभाग किर्तिपुरमा उप-प्राध्यापकको रुपमा अस्थायी रुपमा कार्यरत थिए भने विभिन्न क्याम्पसहरुमा ब्यबस्थापन तहमा र विभिन्न विषयमा अध्यापन गराउदै बिहानदेखी बेलुका सम्म काम गरेर आफ्नो परिवारको जिबनयापन गर्दै गराउदै आएका थिए स्थायि जबको मोहले यश बोर्डको लोकसेवाले लिएको एक मात्र उपसचिव पदमा पोखरेल लिखित परिक्षा र अन्तरबार्ताबाट करिब २८ बर्ष नपुग्दै स्थायिरुपमा सेवामा प्रवेश गरेका पोखरेल करिब ९१ जनाको दरर्बन्दी रहेको बोर्डमा हाल कार्यरत एकमात्र उपसचिव हुन भने उक्तबोर्डको कार्यकारी निर्देशक राजनितीक नियुक्ति हुन्छ। उनि माथी एकमात्र पद निर्देशक श्थायि रुपमा कार्यरत छ।