नाडा अटो शो २०२५ सम्पन्न


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा आइतबार भृकुटीमण्डप परिसरमा ‘नाडा अटो शो २०२५’ को समापन कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यो १७औं संस्करणको अटो शोमा १ लाख ७६ हजार ७८९ जना दर्शकले अवलोकन गरेका आयोजकले जानकारी दिएका छन्।

निकै व्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण प्रदर्शनी गतवर्षहरुमा भन्दा निकै भव्य रुपमा सम्पन्न मात्र भएको छैन दर्शकहरुको उपस्थितिको हिसाबले प्रदर्शनी ऐतिहासिक बन्न पुगेको छ ।

उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो।

अटो शो विगतको भन्दा निकै भव्य र वृहत भएको अवलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।