वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले सर्वियाकी ३१ वर्षीया आउट साइड हिटरलाई अनुबन्धन गरेको छ।पोखराले केकमानलाई पहिलो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो।
केकमानले यसअघि टर्की, फ्रान्स (लिगरकप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन्। साथै, उनी सर्वियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी पूर्वखेलाडी हुन्।उनलाई पोखरा नेन्जाज टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै खुशी रहेको र उनले सिजन भर नै हरेक खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा टोली विश्वसत छ।
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुनपाउँदा केकमानले आफु निकै हर्षित भएको बताएकी छन्।पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनको लक्ष्य रहेको छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदी २० देखि २८ गतेसम्म ( सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ।