निलम्बनमा रहेका बीमा प्राधिकरणका अध्यक्ष ओझा बर्खास्त


नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् ।

आज सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो।

यस अघि उनी निलम्बनमा थिए।

उनको योग्यता माथि प्रश्न उठेपछि सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। सो समितिले हिजो प्रतिवेदन बुझाएको थियो।

बीमा प्राधिकरणको अध्यक्ष हुन ओझाको योग्यता नपुग्ने भन्दै समितिले प्रतिवेदन बुझाएको थियो। सोहि प्रतिवेदनको आधारमा सरकारले उनलाई पदमुक्त गरेको हो ।

उनी छ महिना अघि बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।