काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङले सञ्चालन गरेको दुईवटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरिएको छ।
मर्चेन्ट बैंकिङ सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२ को लाभांश वितरण गरिने निर्णय गरेको हो।
इकाइधनीहरुलाई करसहित फन्ड–१ मा २० प्रतिशत र फन्ड–२ मा १३ प्रतिशत नगद लाभांश वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ।