६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवसमा प्रवचन गोष्ठी सम्पन्न


प्रमुख अतिथि सिपि मैनालीको भनाई: “मुलुकी ऐनले नेपाललाई कानूनी रूपमा आधुनिक मार्गमा प्रवेश गरायो”।

काठमाडौँ, भाद्र १ – राजधानीमा आज ६३ औँ मुलुकी ऐन तथा राष्ट्रिय सामाजिक एकता दिवस भव्यरूपमा मनाइएको छ। यस अवसरमा आयोजित बृहत प्रवचन गोष्ठीमा मुलुकी ऐनको ऐतिहासिक महत्व, यसको सामाजिक योगदान र तत्कालीन राजा महेन्द्रवीर विक्रम शाहदेवको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माले)का नेता एवं पूर्व मन्त्री सिपि मैनालीले मुलुकी ऐनलाई नेपालको कानूनी इतिहासकै क्रान्तिकारी कदमका रूपमा व्याख्या गर्दै भन्नुभयोः

“मुलुकी ऐनले नेपाललाई कानूनी रूपमा आधुनिक मार्गमा प्रवेश गरायो। तत्कालीन राजा महेन्द्रले खेलेको नेतृत्वपूर्ण भूमिकालाई इतिहासले सधैं सम्झिरहनेछ।”

नेपाल जन विकास समाज सेवा संघका अध्यक्ष सुभद्रा विश्वकर्माले स्वागत मन्तव्य दिँदै समाजमा एकता, समानता र न्याय स्थापना गर्न मुलुकी ऐनले पुर्‍याएको योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिनुभयो।

“राष्ट्रिय सामाजिक एकता दिवसले हामीलाई समावेशी समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा दिन्छ,” उहाँको भनाइ थियो।

अन्य राष्ट्वादि दलका वक्ताहरुको धारणा

राष्ट्वादि दलका सदस्यहरूले राजा महेन्द्रको योगदानलाई ऐतिहासिक दृष्टिले महत्वपूर्ण ठहर गरे।

कानूनी विज्ञहरूले मुलुकी ऐनले समाजमा वर्गीय, जातीय र लैङ्गिक न्यायको जग हालिदिएको बताए।

सामाजिक अभियन्ताहरूले ऐनलाई भावी पुस्ताले अध्ययन र अनुसन्धानको प्रमुख विषय बनाउनुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा २ सयभन्दा बढी राष्ट्रियता बादी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीमध्ये राजनीतिक दलका प्रतिनिधि, कानूनी क्षेत्रका विज्ञ, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरू रहेका थिए।

नयाँ मुलुकी ऐनलाई नेपालको कानूनी इतिहासमा सामाजिक रूपान्तरणको आधारशिला भएको निष्कर्ष वक्ताहरुले बताएका छन् ।