काठमाडौं । आज साताको तेस्रो दिनमा नेपाली बजारको सुनको मूल्यमा ह्वात्तै बढेर आएको छ।
आज सुनको तोलामै २ हजार रुपैयाँँले मूल्यवृद्धि भएको हो । यो सँगै एकै सातामा सुनको मूल्य दुई पटक दुई हजार रुपैयाँले वृद्धि भएको छ ।
आइतबार एकैदिन प्रतितोला दुई हजार रूपैयाँले बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्यवृद्धि नगर्दा सोमबार आइतबारकै मूल्यमा छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
तर,महासंघले मंगलबार फेरी सुनको भाउ दुई हजार रुपैयाँले बढाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख २३ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला २ हजार रुपैयाँले बढाएर एक लाख २२ हजार चार सय रूपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको चाँदीको मूल्य मङ्गलबार एकैदिन ३५ रुपैयाँले बढेर आज प्रतितोला १४ सय ४५ रूपैयाँ पुगेको छ ।