टुसाल मल्टिभेन्यूमा चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गतेबाट शुरू


काठमाडौं। चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते हुने भएको छ।

टुसाल मल्टिभेन्यू र तार्केश्वर नगरपालिकाको सहयोगार्थ, नेपाल पौडी संघको विशेष प्राविधिक सहयोगमा टुसाल मल्टिभेन्यूको पाैडिस्थलमा आयोजना गर्न लागेको प्रतियोगितामा काठमाडौं उपत्यका तारकेश्वर नगरपालिका भित्रका विभिन्न विद्यालयले सहभागिता जनाउने छन्।

प्रतियोगितामा ब्वाइज र गर्ल्स गरि करिब १५० विद्यार्थीले सहभागिता जनाउने टुसाल मल्टिभेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसीले जानकारी दिए।

उनका अनुसार यसअघिका प्रतियोगिता कक्षाका अनुसार हुँदै आएको थियो। यसपटक भने उमेर समूहका आधारमा प्रतिस्पर्धा गराइने छ।

टुसाल मल्टिभेन्युका अपरेसन प्रवन्धक विशाल खड्काका अनुसार टिम ट्रफी अंक प्रणालीको आधारमा प्रदान गरिनेछ।

कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। ८ वर्ष र त्यसमुनीका क्याटोगोरीमा ४ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। यसमा ब्वाइज र गर्ल्स दुवैले प्रतिस्पर्धा गर्नेछन्। यस क्याटोगोरीमा फ्री स्टाईलतर्फ २५ र ब्रेकस्टोकतर्फ २५ मिटरमा प्रतिस्पर्धा हुनेछ।

९ देखि १० वर्षको क्याटोगोरीमा ६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। ब्वाइज र गर्ल्सतर्फमा २५/२५ मिटरमा फ्रिस्टाइल, ब्रेकस्टोर र ब्याकस्टोकमा प्रतिस्पर्धा हुनेछन्। यस्तै ११ देखि १२ र १३ देखि १५ उमेर समूहमा ब्वाइज र गर्ल्सतर्फ गरेर १८ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। यसमा फ्रिस्टाइल, ब्रेकस्टोक, ब्याकस्टोक, बटरफ्लाइ, इन्डुभिडुयल मेडलेमा प्रतिस्पर्धा हुनेछ।

यस्तै, मिक्स फ्रिस्टाइल रिले (२ ब्वाइज र २ गर्ल्स) र फ्रिस्टाइल ४×२५ मिटरमा पनि प्रतिस्पर्धा हुनेछ।

यसपटक भने उमेर समूहका आधारमा प्रतिस्पर्धा गराइने छ र अन्य विधालयका विद्यार्थीले पनि सहभागी हुन पाउनेछन्।