प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ करोड ९५ लाख रकम जम्मा


काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा पाँच करोड ९५ लाख रुपैयाँ जम्मा भएको छ ।

यो रकम गत आइतबारदेखि मंगलबारसम्मको हो ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई राहत सहयोगका लागि सरकारले देश र विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार मंगलबारसम्म बैंकमा जम्मा भएको रकम ५ करोड ९५ लाख रुपैयाँ हो । उनका अनुसार सहयोगी दाताहरुबाट प्रधानमन्त्रीलाई हस्तान्तरण भएको चेक सम्बन्धित बैकमा क्लियरेन्सका लागि पठाइएको छ । उनले भने,‘ हामीले तोकेको बैंकहरुका खातामा अहिलेसम्म जम्मा भएको रकमको विवरण यही हो, थुप्रै चेकहरु आएका छन्, बैंकमा क्लियरेन्सका लागि पठाएका छौँ ।’