रसायनिक मल पनि फाष्टट्रयाकबाटै खरिद गर्ने प्रक्रिया तत्काल अगाडि बढाउन माग:  सांसद महेश बर्तौला


 ईकोनोमिक खबर, काठमाडौं । 

हालै सम्पन्न संघीय निर्वाचनमा निर्वाचित भएका मकवानपुरका सांसद महेश बर्तौला जनताका समस्या बोकेर सिंहदरबारतिर लबिङ तिव्र पारेका छन्।

उनी मकवानपुरका किसानको समस्या बोकेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगे ।  उनले विभागीय मन्त्रीलाई भेटेरै यो समस्या पोख्न चाहेका थिए तर जसरी किसान मल नपाएर रातभर अनिदो र छटपटीमा बिताइरहेका छन, उसैगरी कृषि मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा भावी सरकारको प्रधानमन्त्री बन्नका लागि जोड घटाउको खेलमा व्यस्त छन्।

अहिले मन्त्रि नरहेको कारण प्रधानमन्त्रीले नै कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सम्हालेका कारण देउवालाई भेट्ने  प्रधानमन्त्री कार्यालय गएका थिए तर समय पाएनन्।

 र भेट गर्ने चाँजोपाँजो मिल्यो कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोबिन्दप्रसाद शर्मासँग किसान समस्या हरेक बर्ष किसानलाई पिरोल्ने उही रसायनिक मलको विषयमा ध्यानाकर्षण र प्रतिवद्धताका लागी पनि विशेष पहल भयो।अपरान्ह सिंहदरबारमा सचिवसँग भएको भेटमा सांसद बर्तौलाले रसायनिक मलको समस्याको दीर्घकालीन सामाधानका केही उपाय समेत सुझाव दिएका छन्।

उनले अहिले बाली लगाउने समय शुरु भएका कारण राज्यसँग स्टक रहेको र अन्य प्रदेशका लागि नचाहिने मल बाग्मती प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्र मकवानपुरका जनतालाई उपलव्ध गराउन पनि आग्रह गरे । राजधानीबासीले खाने अधिकांश तरकारी मकवानपुरबाटै आउने हुँदा उनले तत्काल राज्यसँग स्टक रहेको मल त्यता पठाउन सचिव शर्मालाई आग्रह गरे।

यस्तै मलमा राज्यले दिँदै आएको पैसा अनुदानलाई कटौती गरी मल परिणाममै अनुदान दिन माग राखे।
जसरी कोराना कालमा फाष्टट्र-याकबाट स्वास्थ्य सामाग्री खरिद गरिएको थियो ठीक उसै गरी कृषि उपज रसायनिक मल पनि फाष्ट ट्रयाकबाटै खरिद गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने माग उनले सचिवसँग राखेका थिए।