काठमाण्डौ। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम मध्ये आज अन्तिम दिन राष्ट्रिय कृषक समुह महासंघको केन्द्रिय कार्यालयमा कृषक, विषयविज्ञ ब्यक्तित्वको विच पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता संरक्षणमा साना किसानको भुमिका विषयकअन्तरकृया कार्यक्रम आज सम्पन्न भयो।
राष्ट्रिय कृषक समुह महासंघको कार्यालयमा आयोजित अन्तरकृया कार्यक्रममा काठमाण्डौ, ललितपर र भक्तपुर क्षेत्रका किसान, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका भगवति आचार्य, राष्ट्रिय कृषक समुह महासंघका सल्लाहकार छविलाल पौडेल, राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष पन्चकाजी श्रेष्ठको अध्यक्षतामा हाल कृषकका समस्याहरु र कुषिवालिमा परेका असरहरुलाई समाधान गर्ने विषयमा छलफल भएको थियो।
अघि सम्बन्धित मन्त्रालयमा बाली र जैविकविविधता संरक्षणको विषयमा ज्ञापनपत्र बुझाएको बताउनु भयो। स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता भन्ने नाराका साथ माघ १ गते देखि शुरु सप्ताहब्यापी कार्यक्रम देखावटी नारामा मात्र सिमित रहेको हुनाले किसानसम्म पग्ननसक्ने बताउनु भयो।
मौरीजन्य जिवहरु पृथ्वी र पर्यावरणका लागी अति महत्वपूर्ण जिवरहेको र यसलाई संरक्षण गनुपर्ने बताउनुभयो, अध्यक्षले भने रैथानेबाली तथा परम्परागतबालीलाई संरक्षण गर्नुपर्ने नगर्दा हराउदैजाने बताउनु भयो।
जैविक विविधता का साथै सांस्कृतिक विविधतापनि संरक्षण गर्नु आजको आवश्यकता हो यसले लोपोन्मुख जातिको वनजंगलमा आधारीत बस्तु सतथा बालीहरुको जर्गेना गर्नुपर्ने हुन्छ, यी जातीहरु विभीन्न बस्तु उत्पादन गरेर जिवन निर्वाह गरेका हुन्छन उनीहरुको संरक्षणको आवश्यकता रहेको बताउनु भयो।
देशैभरि ६ प्रदेशमा पर्यावरणका लागि कृषि जैविक विविधता कार्यक्रम संचालन भएका छन, पर्यावरणीय कृषि प्रवद्र्धन एवं कृषि जैविक विविधता संरक्षणमा साना किसानको भुमिका विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको जानकारी गराउनु भयो।