
ईकोनोमिक खबर काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुस, फिनल्याण्ड र इन्डोनेसिया संग हवाइ सम्झौता प्रकृया अघि बढाउने तयारी गरेको छ।
आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ।
सम्झौता पछि नेपाली वायुसेवा प्रदायक कम्पनी र ती देशका कम्पनीहरुलाई नेपालसम्म आउने बाटो खुल्नेछ। यसबाट फिनल्याण्डमा काम गरिरहेका नेपालीहरुलाई सजिलो हुनेछ। त्यस्तै रसिया संगको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल चेम्बर अफ कर्मशले जनाएको छ । इन्डोनेसिया नेपाली घुम्न जाने गरेका छन।
नेपालले अहिलेसम्म ४० देशसँग हवाई सम्झौता गरेको छ । यद्यपि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान भने आधा दर्जन देशसँग मात्र सीमित छ।