कुलमानलाई प्राधिकरणमा नियुक्ती दिइएको छैन, सरकार ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक अहिले सम्म कोही पनि नियुक्ती नभएको सरकारी प्रवक्ताले बताएका छन । विहीवारको नियमीत पत्रकार सम्मेलनमा बोल्दै संचार मन्त्री युवाराज खतिवडाले सामाजिक संजालले मात्रै नियुक्ती गरेको बताए । भदौं अन्तिम साता कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे नियुक्ती सकिदै छ । सरकारले कुलमानलाई दोहोराउन नचाहेपनि जनस्तरको दबाबका कारण समस्या उत्पन्न भएको छ । कार्यकारी निर्देशकको दौडमा मुकेश काफले सहित आधा दर्जन आकाक्षी रहेको उर्जा मन्त्रालयले जनाएको छ ।