शुद्ध खानेपानीका लागि विद्यालयमा महालक्ष्मी बैंकको आर्थिक सहयोग


ईकोनोमिक खबर, काठमाडौं।
महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३ अन्तर्गत हेटौंडा र चितवनको टाँडी शाखाले विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोहीकार्यलाई निरन्तरता दिँदै बैंकले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा न. ११मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा बैंक र रोटरी क्लब सहयोगमा शुद्ध पिउने पानी ब्यवस्थापनका लागी मिति २०७७/०३/०२गते बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बंैकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र प्रसाद नेपाललाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

र चितवनको इच्छाकामना गाँउपालिका वडा न.७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि मिति २०७७/०३/०८ गते रोयल सेन्चुरी होटलमा सम्पन्न एक कार्यक्रमका बिच शाखा प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अशेष भण्डारीलाई रु. एक लाख पैसठ्ठी हजार रकमको चेक हस्तान्तरण गर्नुभएकोथियो । यस कार्यक्रममा बैंक तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


देशको शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको छ। आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दैजाने प्रतिबद्घता बैंकले जनाएको छ ।