ईकोनोमिक खबर, काठमाडौं।
नेपाल आयल निगमले खाना पकाउने एल पी ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपील गरेको छ । निगमले निकालेको अपिलमा भ्रामक अफवाहको पछि नलागीदिनु हुन अनुरोध गरेको छ। हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमितभन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको हो ।
बजारको बढ्दो माग व्यवस्थापन गर्न कै लागि नेपाल आयल निगमले यस महिनाबाट नियमित खपत बाहेक थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।
दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन प्रभावकारी बनाइएकाले विगतमा झै नियमित तरिकाले मात्र वस्तुहरु उपभोग गर्न निगमले अपिल गरेको छ ।