ईकोनोमिक खबर, काठमाडौं।
आईसीसी विश्वकप लिग २को आजको खेलमा ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकेट गुमाउँद १७९ रनमा समेटिन पुग्यो । ओमानविरुद्धको एक दिवसीय क्रिकेटमा नेपाल १८ रनले पराजित भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन जोडेको थियो । ओमानका जीतेन्दर सिंह र खवर अली ओपनिङका लागि आएका थिए । जीतेन्दरले पहिलो ओभरको अन्तिम बलमा आफ्नो विकेट करण केसीलाई सुम्पिए । सुरुका तीन बल डट राखेका करणले चौथो बलमा चौका खाए । पाँचौं बल डट राखे भने अन्तिम बलमा करणले जितेन्दरलाई पेभेलियन फर्काउन सफल भए । जितेन्दर ४ रनमा आउट भएका हुन् ।
नेपालका लागि शरद भेषावकरले अर्धशतकीय पारि खेलेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले ३६ रन बनाउँदा लेगस्पिनर सन्दीप लामिछानेले २८ रन जोडे । विकेटकिपर विनोद भण्डारीले २६ रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् । ओपनिंग ब्याट्सम्यानमा ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो, शुरुवातिमा खराब प्रदर्शनले गर्दा नेपाल १८ रनले पराजित भएको छ।
नेपालले तेस्रो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । चौथो विकेटको रुपमा आरिफ शेख र पाँचौं विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । यसैगरी छैटौं विकेटको रुपमा विनोद भण्डारी पेभेलियन फर्किदा सातौं विकेटको रुपमा करण केसी र आठौं विकेटको रुपमा शरद भेषावकर आउट भए । नवौं विकेटको रुपमा सन्दीप लामिछाने आउट भए भने अन्ति विकेटको रुपमा अविनाश बोहोरा पेभेलियन फर्किएका थिए ।
दीपेन्द्र र शरद मिलेर नेपालको स्कोर अघि बढाएका थिए । २०।३ ओभरमा ६६ रन हुँदा दीपेन्द्र आउट भएका हुन् । दीपेन्द्र व्यक्तिगत ३६ रन बनाएर पेभेलियन फर्किए । उनले ५७ बलमा ५ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ शेख पनि धेरै बेर टिक्न सकेनन् । आरिफ ६ रन बनाएर आउट हुँदा नेपालको स्कोर ७३ रन पुगेको थियो । पाँचौं विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमायो । पौडेलले खाता नै नखोली पेभेलियन फर्किएका छन् । नेपालका लागि शरद र विनोद भण्डारीले स्कोर अघि बढाउँदै १०० रन कटाएका थिए । तर ३३।१ ओभरमा नेपालले १६६ रनको स्कोरमा छैटौं विकेट गुमाउन पुग्यो ।
नेपालका लागि ६ जना बलरले बलिङ गरेका छन् । ओपनिङ बलिङ करण केसीले गरेका थिए । उनले ९ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४७ रन खर्चिदा उनको नाममा ४ विकेट रह्यो ।
दोस्रो बलरको रुपमा अविनाश बोहोराले बलिङ गरे । उनले आजकै खेलमा डेव्यु गरेका हुन् । अबिनाशले ९ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै ३८ रन दिए ।
तेस्रो बलरको रुपमा सन्दीप लामिछाने आएका थिए । लामिछानेले १० ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ४५ रन खर्चिए । उनी विकेट विहीन बने ।
चौथो बलरको रुपमा पारस खड्काले बलिङ गरेका थिए । उनले ७ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै ३० रन दिए ।
पाँचौं बलरको रुपमा आजै डेब्यु गरेका सुशन भारी प्रयोग भएका थिए । उनको डेब्यु भने शानदार रह्यो । पहिलो खेलमै उनले १० ओभरको स्पेल पुरा गरे भने १ ओभर मेडन राख्दै महत्वपूर्ण तीन विकेट लिए । छैटौं बलरको रुपमा दीपेन्द्रसिंह ऐरीले बलिङ गरेका थिए । ऐरीको नाममा एक विकेट रह्यो भने एउटा रन आउटमा महत्वपूर्ण योगदान गरे ।