त्रि.वि. उपकुलपतिमा बाँस्कोटा र मेडिकल काउन्सिलमा भगवान कोइराला नियुक्त


ईकोनोमिक खबर, काठमाडौं।
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइराला नियुक्त हुनु भएको छ । आज बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले प्रा.डा. कोइरालालाई नियुक्ति गरेको हो।

काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो । प्रा.डा. कोइराला मुटुरोग उपचारमा अब्बल चिकित्सक मानिनुहुन्छ। यसअघि प्रा.डा. कोइराला शहिद गंगालाल हृदयरोग उपचारकेन्द्र र त्रिवि शिक्षण अस्पतालको निर्देशक भइसक्नु भएको छ । हाल उहाँ मनमोहन कार्डियो भाष्कुलर तथा ट्रास्पलान्ट सेन्टरमा कार्यरत हुनुहुन्छ। सन् २०११ देखि २०१३ सम्म कार्डियोलोजी साइन्टिफिक काउन्सीलको एसीया प्यासिफिक सोसाइटीका लागि कार्डियोभास्कुलर सर्जरीको टिममा पनि प्रतिनिधित्व गरिसक्नु भएको छ। कोइराला नेपाली चिकित्सा क्षेत्रमा हालसम्म विवाद रहित पात्रको रुपमा लिने गरिन्छ । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि डा. धर्मकान्त बास्कोटा नियुक्त भए। यस अघि उनी नेपाल मेडिकल काउन्सिलको अध्यक्ष थिए। काउन्सीलको पदावधि समाप्ती पश्चात उपकुलपतिमा डा. बास्कोटाको सम्भावना बढेको थियो।