ईकोनोमिक खबर, काठमाडौं।
एसीसी १९ बर्षमुनिको इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रतियोगिताको विजेता बन्यो ।
हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु–१९ एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले मात्र ४ विकेट गुमाएर पुरा गर्यो । ओपनर रित गौतमलाई १३ रनमा गुमाएको नेपालको ईनिङ् पवन सरार्फले सम्हालेका थिए । पवनले ३६ बलमा ५ चौका र १ छक्काको मदतले ३९ रन बनाएका थिए । खड्ग बहादुर बोहरा ८ रनमा पोविलियन फर्किए । फाईनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन बनायो ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा एसीसी १९ बर्षमुनिको इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको खेल सम्पन्न भयो।