Mar 13, 2025

पाँच कम्पनीले एफपीओ निष्कासन


काठमाडौं- जलविद्युतसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन्।

यीमध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २०६ दशमलव ३ मा एफपीओ निष्कासन गर्नका लागेको हो भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै जारी गर्न सेबोनमा निवेदन दिएका हुन्। 

त्यस्तै नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो। यस कम्पनीको बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

त्यस्तै विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता,विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता र स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन्।

स्वरोजगार र विजय लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ भने विन नेपाल लघुवित्तको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।