काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ (COP31) मा नेपालको प्रतिनिधित्व गर्न टर्कीको अन्तालिया प्रस्थान गरेकी छन्।
नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनको दोस्रो सातामा सहभागी हुन मन्त्री चौधरी प्रस्थान गरेकी हुन्। उनले सम्मेलनको दोस्रो सातामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुका साथै उच्चस्तरीय सत्र (High-Level Segment) मा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको धारणा प्रस्तुत गर्नेछिन्।
त्यस्तै, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयलाई नेपालको प्राथमिकताका रूपमा उठाउने कार्यक्रम रहेको छ।
कोप–३१ मा नेपालले जलवायु परिवर्तनबाट प्रभावित पर्वतीय तथा संवेदनशील मुलुकका आवश्यकता, अनुकूलनका लागि वित्तीय स्रोतको उपलब्धता र जलवायुजन्य क्षतिको सम्बोधनका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण