काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न २३औँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा आगामी मंसिर १८ गते काठमाडौंको बाबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे बस्नेछ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयरको मूल्य करिब ३१ करोड ८९ लाख रुपैयाँ र नगद लाभांश करिब १ करोड ६७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको आधारमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभाको एजेन्डामा समावेश गरिएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ। रिक्त रहेको सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।