काठमाडौं: अर्थ मन्त्रालयले कम्पनीहरूलाई ठूलो राहत दिने निर्णय गरेको छ। कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को निर्धारित कर, शुल्क, दस्तुर र आवश्यक विवरणहरू आगामी २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने भएको छ।
यो सुविधा विशेषगरी ती कम्पनीहरूका लागि लक्षित छ जसले निर्धारित समयसीमाभित्र विवरण पेश गर्न सकेका छैनन्, नवीकरण गराएका छैनन् वा बुझाउनुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिला गर्न सकेका छैनन्। यस्ता कम्पनीहरूले आफ्नो कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा यो अवसरको लाभ लिन सक्नेछन्।
यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्यादलाई मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार थप गरी २०८३ पुस मसान्तसम्म पुर्याइएको छ। यसबाट कम्पनीहरूलाई आफ्नो दायित्व पूरा गर्न थप समय मिलेको छ।