काठमाडौं । महिला किसानले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन, स्वच्छ उत्पादनलाई प्रोत्साहन र ग्रामीण महिलाको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ‘दशैं विशेष मौलिक मेला–२०८३’ आयोजना हुने भएको छ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल, मौलिक बजार प्रा.लि. र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको संयुक्त सहकार्यमा मेला आयोजना गर्न लागिएको हो। मेलाले महिला किसानका उत्पादनलाई बजारसम्म पुर्याउन, उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न र स्थानीय कृषि उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस वर्ष मेलाको मूल नारा ‘ग्रामीण महिलाहरूको उदयः बेइजिङ ३० सँग लचिलो भविष्य निर्माण’ रहेको छ। १९औँ अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको मेलाले कृषि क्षेत्रमा महिलाको योगदान र अधिकारलाई उजागर गर्ने लक्ष्य राखेको छ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालले सन् २०१४ देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका अवसरमा महिला किसानको सशक्तीकरणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।
२०६८ सालमा स्थापना भएको महासंघ स्थानीयस्तरमा क्रियाशील कृषक समूह, पशुसेवा समूह तथा कृषि सहकारीहरूको गैरराजनीतिक छाता संगठन हो। यसले भूमिहीन, साना, सीमान्तकृत तथा महिला किसानको अधिकारका लागि पैरवी गर्दै आएको छ। महासंघले पालिका, जिल्ला, प्रदेश र संघीय तहका संरचनामार्फत सरकार तथा सरोकारवालासँग सहकार्य र नीतिगत पैरवी गर्दै कृषि क्षेत्रको रूपान्तरणमा काम गरिरहेको जनाएको छ।
महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले मेलामा सहभागी भई महिला किसानका स्वच्छ कृषि उत्पादनलाई प्रोत्साहन गर्न सबैमा आग्रह गरेका छन्।
मेला आयोजना हुने मिति, समय र स्थान भने उपलब्ध विवरणमा खुलाइएको