ग्लोबल आइएमई बैंकको शेयरधनीलाई दश प्रतिशत लाभांश प्रस्ताव


काठमाडौं। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई दश प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सो मध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ ।

बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिने छ ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ ।