बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले गर्यो आवश्यक उद्धार सामग्री सहयोग


काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री सहयोग गरेको छ ।

भदौ २१ गते टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई विभिन्न अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन् ।

नगरपालिकाले उद्धार कार्यमा प्रयोग हुने डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुली लगायतका सामग्री उपलब्ध गराएको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन उद्धारमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विपद्का बेला मानवीय सेवामा खटिने सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।