नाडा अटो शो २०२६ मा नामी बक्स सार्वजनिक गरिँदै


काठमाडौँ । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो । यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल भएको छ ।

नेपालका सडकमा हालसम्म २,००० भन्दा बढी नामीसवारी साधन सञ्चालनमा आइसकेका छन् । यससँगै नामीले नेपालमा आफ्नो बलियो र प्रमाणित उपस्थिति स्थापित गरेको छ । नामी भिगोइ- २ को सफल सार्वजनिकरणपछि अब नयाँ नामी बक्सले अझ परिष्कृत र आकर्षक सुविधासहित यो यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ ।

नयाँ नामी बक्सका सम्पूर्ण फिचर्स, स्पेसिफिकेसन र मूल्यनाडा अटो शो २०२६मा सार्वजनिक गरिनेछ ।

नयाँ नामीबक्स आउँदैछ । अब अझ धेरै कुराको प्रतीक्षा गर्नुहोस् ।