नाडा अटो शोमा छुटेको अवसर पुनः दिने उद्देश्य, विभिन्न मोडलमा विशेष योजना
काठमाडौं । टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै ‘टोयोटा विजय उत्सव’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार आगामी अगस्ट २४ देखि दशैंसम्म चल्ने अभियानमा ग्राहकले टोयोटाका विभिन्न मोडल खरिदमा विशेष छुट तथा आकर्षक अफर प्राप्त गर्नेछन्।
नाईमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन नसकेकाग्राहकलाई लक्षित गर्दै टोयोटाले नयाँ अभियान ल्याएको हो। अटो शोमा सहभागी हुन नसकेका तथा सो अवधिमा गाडी बुकिङ गर्न छुटेका ग्राहकका लागि ‘टोयोटा विजय उत्सव’ अर्को अवसर बन्ने कम्पनीको भनाइ छ।
दशैंको अवसरलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको अभियानमार्फत ग्राहकलाई नयाँ गाडीका साथ नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्ने उद्देश्य रहेको टोयोटा नेपालले जनाएको छ। अभियान अवधिभर टोयोटाका विभिन्न मोडलमा विशेष छुट तथा आकर्षक अफर उपलब्ध हुनेछन्।
कम्पनीले ‘नाईमा अटो शोमा छुटेको अवसर अब फेरि तपाईंको नजिक’ भन्ने सन्देशसहित अभियान सञ्चालन गर्न लागेको हो।
दशैं नेपाली बजारमा सवारीसाधनको बिक्री बढ्ने प्रमुख समयमध्ये एक भएकाले टोयोटाको यो अभियानले बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ। कम्पनीले अभियानमा सहभागी भई उपलब्ध विशेष अफरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।