कास्की। साहित्यकार नेपालहरि रानाभाट र गायक रामजी पौडेल व्यावसायिक जोडीका रूपमा देखा परेका छन् । रानाभाट र पौडेलको संयुक्त लगानीमा शनिबारदेखि रानीमहल इभेन्ट एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

कास्कीको पोखराको न्युरोडस्थित रेष्टुरेन्टको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका छन् । बरालले असल सहकार्यसहितको व्यासायिक सहयात्रा अघि बढ्नेमा विश्वास व्यक्त गरे । बरालले असल र फरक सेवा दिन सक्नु पर्नेमा जोड दिए । बरालले जबसम्म ग्राहकहरुको मन जितिन्छ, तबसम्म व्यवसायहरुले सफलता प्राप्त गर्ने बताउँदै बरालले उपभोक्ताहरुको स्वास्थ्यमैत्री भान्साको व्यवस्थापनमा विशेष ध्यान दिन रेष्टुरेन्ट व्यवासायीहरूलाई सुझाव दिए ।
त्यस्तै, रेष्टुरेन्टका प्रबन्ध निर्देशक नेपालहरि रानाभाटले १० वटाभन्दा बढी नयाँ परिकारको व्यवस्थापनमा आफूहरू लागेको बताए । रानाभाटले बेगनास तालको माछाका साथै पाल्पाको चुकाउनीलगायतका पहिचान र स्थानीय स्वादको संगगमका रूपमा रेष्टुरेन्टलाई अघि बढाउने सोचमा आफूहरू रहेको जानकारी दिए । रानाभाटले तालिम, गोष्ठी, विविध कार्यक्रम गर्ने हलसहित पोखराको न्युरोड जस्तो पायक पर्ने ठाउँमा सञ्चालित रेष्टुरेन्ट नाफाका लागि मात्रै नभई ग्राहकको सन्तुष्टिका लागि केन्द्रित रहने भनाइ राखे ।
यसैगरी, कार्यक्रममा गीतकार प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले गीतकार र गायकको यो जोडीले व्यवसायीका रूपमा पनि सफलता पाउने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, पाल्पाली बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले व्यवसायमा धैर्य र लगनशीलता आवश्यक पर्ने भन्दै समाजका प्रतिष्ठित व्यक्तिहरुको लगानीमा सञ्चालित रेष्टुरेन्टले सफलता पाउने विश्वास व्यक्त गरे । सञ्चालक रानाभाट शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका निवर्तमान प्रमुख हुन्, भने कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानका अध्यक्ष हुन् । रानाभाटका साहित्यिक र साङ्गीतिक सिर्जनाहरू बजारमा आएका छन् । पौडेले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेशका उपाध्यक्ष हुन् ।