सरिता इभेन्ट्सको आयोजनामा असोज १० गते ‘विशिष्ट व्यक्तित्व सम्मान साथै भव्य सांस्कृतिक कार्यक्रम’ हुने


निराज रानाभाट, चितवन। ‘शिक्षा, सीप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने नाराका साथ सरिता इभेन्ट्सको आयोजनामा ‘विशिष्ट व्यक्तित्व सम्मान साथै भव्य सांस्कृतिक कार्यक्रम’ हुने भएको छ। उक्त कार्यक्रम २०८३ असोज १० गते, शनिबार, चितवनको भरतपुर महानगरपालिका -२, क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा मध्यान्ह १२:०० बजे हुनेछ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम, आत्मीय भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम समेत हुने आयोजकले जनाएको छ।

आयोजकको अनुसार सांस्कृतिक कार्यक्रममा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित मोडल नारायणी खत्री र दिनेश कँडेलको बेजोड प्रस्तुति रहने छ। अघिल्ला वर्षझैँ यस पटकको कार्यक्रमलाई पनि सबै जनाको अमूल्य साथ, सहयोग र उपस्थितिले अझ भव्य, सभ्य र ऐतिहासिक हुने सरिता इभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले बताइन् ।